सम्झौतापत्रमा बैङ्कका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने हस्ताक्षर गरे ।
प्रभु लाइफको बिमा पोलिसी एनआईसी एसिया बैङ्कले बेच्ने सम्झौता भएको छ । सम्झौतापछि एनआईसीले अब देशभरका २ सय ३७ शाखाबाट प्रभु लाइफले तयार पारेका बिमा पोलिसी आफ्ना ग्राहकलाई जीवन बिमा पोलिसी बेच्ने भएको हो ।
सम्झौतापत्रमा बैङ्कका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने हस्ताक्षर गरे ।
एनआईसीले हाल २ सय ३७ शाखा, २ सय ३० एटीएम, १४ एक्सटेन्सन काउन्टर एवम् १७ शाखारहित बैङ्किङ इकाइबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।