वोमी माइक्रोफाइनान्सले २५ प्रतिशत नगद लाभांश दिने

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट जारी सेयर पुँजीबाट २ करोड ५२ लाख ७२ हजार रुपैयाँ लाभांश दिने भएको हो ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट जारी सेयर पुँजीबाट २ करोड ५२ लाख ७२ हजार रुपैयाँ लाभांश दिने भएको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकबाट प्रस्ताव गरिएको नगद लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ ।