नेसनल लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा २९ दशमलव ६७ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो वर्षमा २३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा २९ करोड ८३ लाख रुपैयाँ कमाएको हो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५० करोड ६८ लाख रुपैयाँ रहेको छ । यस्तै, इन्स्योरेन्सले २१ अर्ब ८२ करोड ५९ लाख रुपैयाँ बिमा कोषमा राखेको छ ।
४२ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको खर्च १२ करोड ९५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ३० रुपैयाँ ५५ पैसा छ । नेश्नल लाइफको मूल्य आम्दानीको अनुपात ४४ दशमलव ३५ गुणा छ ।