राष्ट्रिय बिमा कम्पनीको नाफा ५५ करोड

राष्ट्रिय बिमा कम्पनीले गत आर्थिक वर्ष २०७४÷७५ मा १ सय ३२ दशमलव ४७ प्रतिशतले नाफा बढाएर ५५ करोड ९ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले अघिल्लो आवमा २३ करोड ७० लाख रुपैयाँ नाफा गरेकामा गत आवमा ३१ करोड ३९ लाख रुपैयाँ बढी नाफा कमाएको हो ।
२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैङ्कले अघिल्लो आवमा २९ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको बिमा कम्पनीले गत आवमा भने ८१ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको । कम्पनीले ५४ करोड ५८ लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा प्रवाहबाट आम्दानी गरेको छ ।

बैङ्क मौज्दात २१ करोड ८२ लाख रुपैयाँ रहेको कम्पनीले ९३ करोड ७३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । ८ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको राष्ट्रिय बिमा कम्पनीले बिमा शुल्कबाट २२ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
जगेडाकोषमा २ अर्ब ७ करोड रुपैयाँ राखेको कम्पनीको प्रतिसेयर आम्दानी २ सय ६ रुपैयाँ ६४ पैसा छ भने प्रतिसेयर नेटवर्थ ८ सय ७६ रुपैयाँ छ ।