रिलायन्स लाइफ इन्स्योरेन्सले तयार पारेको बिमा पोलिसी एनआईसी एसिया बैङ्कले बेच्ने सम्झौता गरेको छ । सम्झौतापछि बैङ्कले आफ्ना ग्राहकहरुलाई २ सय ३७ शाखाबाट इन्स्योरेनसको बिमा पोलिसी बेच्नेछ ।
सम्झौतापत्रमा बैङ्कका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरे ।
हाल एनआईसीका देशभर २ सय ३७ शाखा, २ सय ३० एटीएम, १४ एक्सटेन्सन काउन्टर र १७ शाखारहित बैङ्किङ इकाइमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।