त्यस्तै चालु कार्यक्रमहरुको प्रगति विवरण, आगामी पाँच वर्षमा भौतिक पूर्वाधार विकासको अपेक्षित लक्ष्य सहितको विस्तृत विवरण र गत आर्थिक वर्षमा यस मन्त्रालय अन्तर्गत भएका विकास निर्माण कार्यमा भएको खर्च एवं प्रगति, भएका रकमान्तरहरु र गैरबजेटरी खर्च सम्वन्धी विवरण, विद्यमान ऐन नियमलाई विकासमैत्री बनाउन गर्नुपर्ने अवधारणा, गर्नुपर्ने अविलम्ब उपलब्ध गराउन समितिले आग्रह समेत गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सम्पादित कार्यहरु, मन्त्रालयको भावी कार्ययोजना, आयोजनाहरुको प्राथमिकीकरण, कार्यान्वयनमा देखिएका समस्या, चुनौतीहरु एवम् समाधानका लागि मन्त्रालयले गरेका प्रयासहरु लगायतको विषयमा संघीय संसद प्रतिनिधि सभा विकास तथा प्रविधि समति र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सचिवसँग छलफल भएको छ ।
छलफलमा मन्त्रालय अन्र्तगतका राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन र आयोजनाहरुमा देखिएका समस्या, चुनौतीहरु, भइरहेको ढिलाई हुन नदिने व्यवस्था मिलाउन, स्थायी तवरले शिघ्रातिशीघ्र समाधान गर्न, कार्यक्रमहरुको रणनैतिक स्पष्टता कायम गर्दै परिणाममुखी र गुणस्तरीय कार्य गर्न समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।
केन्द्र, प्रदेश र स्थानीय सरकारबीच आपसी सुदृढ समन्वय र स्पष्ट कार्यक्षेत्रको अभावमा भौतिक पूर्वाधारहरुको निर्माण तथा स्तरोन्नति लगायतका कार्य प्रभावकारी एवं दिगो नहुने भन्दै त्यस्का लागि प्रभावकारी समन्वय गर्न तथा सोको लागि क्षमता अभिवृद्धि गरी कार्यक्षेत्रमा स्पष्टता कायम गर्न निर्देशन दिइएको हो ।
त्यस्तै चालु कार्यक्रमहरुको प्रगति विवरण, आगामी पाँच वर्षमा भौतिक पूर्वाधार विकासको अपेक्षित लक्ष्य सहितको विस्तृत विवरण र गत आर्थिक वर्षमा यस मन्त्रालय अन्तर्गत भएका विकास निर्माण कार्यमा भएको खर्च एवं प्रगति, भएका रकमान्तरहरु र गैरबजेटरी खर्च सम्वन्धी विवरण, विद्यमान ऐन नियमलाई विकासमैत्री बनाउन गर्नुपर्ने अवधारणा, गर्नुपर्ने अविलम्ब उपलब्ध गराउन समितिले आग्रह समेत गरेको छ ।
सरकारका विकास लक्ष्य पूरा गराउन समाधान गर्नुपर्ने नीतिगत, सैद्धान्तिक एवम् व्यवहारिक समस्याहरु तथा चुनौतीहरुलाई सम्बोधन गर्दै तथा अन्तरसरकारी निकायहरुबीच आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्दै तत्कालीन तथा दीर्घकालीन आवश्यकताका आधारमा समितिको कार्यसूचीहरु निर्धारण गर्दै समितिलाई प्रभावकारी बनाउदै लैजाने समेत निर्णय भएको छ ।।