सिभिल, सेञ्चुरी र एक्सेल बैङ्क पनि कनेक्ट आइपीएसमा आवद्ध

नेपाल राष्ट्र बैङ्क र बैङ्क वित्तीय संस्थाबाट प्रर्वद्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा सिभिल, सेञ्चुरी र एक्सेल बैङक आबद्ध भएका छन् । कनेक्ट आइपीएस इपेमेन्टमा आबद्ध भएपछि बैङ्कका ग्राहकले आफ्नो बैङ्क खाताबाट प्रति कारोबार १ लाख रुपैयाँसम्मको अनलाईन भुक्तानीहरुगर्न सक्नेछन् ।

यस प्रणालीमार्फत बैङ्कका ग्राहकहरुले डब्लुडब्लुडब्लु डट कनेक्टआइपीएस डट कममा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैङ्क खातालाई लिङ्क गराई यसमा उपलब्धहुने सेवाहरु लिन सक्नेछन् ।

जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सक्ने व्यवस्था रहेका छन् । यस्ता सबै कारोबारहरु अनलाईनमार्पmत सिधै बैङ्क खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ । हाल उक्त प्रणालीमार्फत नेपाल सरकारको कर राजस्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन् ।