ग्लोबल आईएमई बैङ्कले आइएमई लाइफको बिमा पोलिसी बेच्ने

बैङ्क र इन्स्योरेन्सबीच विहीबार भएको सम्झौतापत्रमा ग्लोबल आईएमईका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र आइएमई लाइफका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका थिए ।

ग्लोबल आइएमई बैङ्कले आइएमई लाइफ इन्सुरेन्सबीच बिमा पोलिसि बेच्ने सम्झैता भएको छ । बैङ्क र इन्स्योरेन्सबीच विहीबार भएको सम्झौतापत्रमा ग्लोबल आईएमईका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र आइएमई लाइफका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि बैङ्कको १ सय ३१ शखाबाट ग्राहकले सेवा लिन सक्नेछन् । हाल ग्लोबलको देशभर १ सय ३१ शखा, १५ राजश्व सङ्कलन काउण्टर, १ सय ३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर तथा १ सय शाखारहित बैङ्किङ इकाई सञ्चालनमा छन् ।