नाफा बढे पनि बेहाल सिभिल

बैङ्कको गत वर्षको वित्तीय विवरणले पनि लगानीकर्ता फेरि निरास बन्ने स्थिति देखिएको छ । बैङ्कको सेयर मूल्य नेपाल स्टक एक्सचेन्जमा प्रतिकित्ता १ सय ४१ रुपैयाँसम्म झरेर कारोबार भएको छ । बिहीबार सिभिलको सेयर मूल्य १ सय ५१ रुपैयाँ कारोबार भइरहेको छ ।

वाणिज्य बैङ्कहरुले आव २०७४/७५ को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सबै बैङ्कले गरेको नाफा र दिन सक्ने लाभांशबारे पनि विभिन्न आकलन भइरहेका छन् । सेयर बजारमा अधिक हिस्सा ओगट्ने वाणिज्य बैङ्क समूहमा सिभिल बैङ्क सबैभन्दा कम नाफा गर्ने बैङ्कका रुपमा दरिएको छ ।

गत वर्ष ६४ करोड ५० लाख १२ हजार रुपैयाँ खुद नाफा गरेको बैङ्कको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २२ पैसा छ । सञ्चित कोषमा १ अर्ब ४० रुपैयाँ राखेको सिभिलले गत वर्ष १० बराबर ४ को अनुपातमा हकप्रद सेयरसँगै १० दशमलव २५ प्रतिशत बोनस सेयर दिएर पुँजी पुग्ने प्रक्षेपण गरेको हो । गत वर्ष बैङ्कले ३४ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष उसको नाफामा झन्डै दोब्बर भए पनि कुल नाफा रकमले पुछारमा परेको हो । पुछारबाट दोस्रोमा रहेको सेन्चुरी कमर्सियल बैङ्कको नाफा ८७ करोड ५७ लाख रुपैयाँ छ । गत वर्ष नबिल बैङकले ४ अर्ब रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।

२०६७ मङ्सिर १० गते तत्कालीन अवस्थामा ३०औं वाणिज्य बैङ्कका रुपमा वित्तीय सेवा सुरु गरे पनि बैङ्कले यसबीचमा कहिल्यै पनि आफूलाई अब्बल बैङ्कका रुपमा प्रस्ुतत गर्न सकेन । व्यावसायिक भनिएका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले पनि बैङ्कलाई नयाँ गतिमा नल्याई बैङ्कबाट बाहिरिए । खासगरी घरजग्गा व्यवसायमा संलग्न भएका इच्छाराज तामाङको नाममा चिनिन खोजेको बैङ्क उनकै प्रभाव बढ्दा सुरुदेखि नै एक हिसाबले समस्यामा फस्दै गयो । जसले गर्दा बैङ्कले कहिल्यै पनि आफ्नो स्थापित गर्न मात्रै सकेन, स्थापना भएको ८ वर्षमा बैङ्कले लगानीकर्तालाई आकर्षक लाभांश दिने हैसियत बनाएको पनि छैन । बैङ्कको गत वर्षको वित्तीय विवरणले पनि लगानीकर्ता फेरि निरास बन्ने स्थिति देखिएको छ । बैङ्कको सेयर मूल्य नेपाल स्टक एक्सचेन्जमा प्रतिकित्ता १ सय ४१ रुपैयाँसम्म झरेर कारोबार भएको छ । बिहीबार सिभिलको सेयर मूल्य १ सय ५१ रुपैयाँ कारोबार भइरहेको छ ।

राष्ट्र बैङ्कले पुँजी वृद्धि गरेर ८ अर्ब पु¥याउन निर्देशन दिएपछि बैङ्कले केही साना वित्तीय संस्था गाभेर मजबुत बनाउन खोजे पनि परिणाम झन् खस्किन पुगेको छ । सिभिल समूहकै लगानी रहेको सिभिल मर्चेन्ट वित्तीय संस्था गाभेर अघि बढेको सिभिलले पछिल्लो समयमा एक्सिस डेभलमेन्ट बैङ्क, युनिक फाइनान्स, हामा मर्चेन्ट एन्ड फाइनान्स र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आईएलएफसीओ)लाई पनि गाभेको छ ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ पनि आठ महिनादेखि बैङ्कमा नियमित छैनन् । बैङ्कका अध्यक्ष इच्छाराज तामाङ बैङ्कको नेतृत्वभन्दा बढी राजनीतिक क्रियाकलापमा सहभागी भएपछि उनले बैङ्कलाई समय दिन नसकेको बैङ्कका एक सञ्चालकले बताए । क्यापिटलनेपालले गुरुङसँग बैङ्कमा किन नियमित नभएको भन्ने विषयमा जानकारी लिन खोज्दा उनले प्रतिक्रिया दिन चाहेनन् ।