सम्झौतापछि बैङ्कले आफ्ना २ सय ३७ शाखाहरुबाट प्राइमको बिमा पोलिसी बेच्नेछ ।
प्राइम लाइफ इन्स्योरेन्सले तयार पारेको बिमा पोलिसी एनआईसी एसिया बैङ्कले बेच्ने सम्झौता गरेको छ । यस सम्झौतापछि बैङ्कले आफ्ना २ सय ३७ शाखाहरुबाट प्राइमको बिमा पोलिसी बेच्नेछ ।
सम्झौतापत्रमा बैङ्कका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरे ।
एनआईसी एसिया बैङकका देशभर २ सय ३७ शाखा, २ सय ३० एटीएम, १४ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैङकिङ एकाइमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।