एनआईसी एशियाको १८औं शाखारहित सेवा रुपन्देहीमा

बैङ्कले बुधबारबाट सञ्चालनमा ल्याएको सेवाको उद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले गरेका हुन् ।

एनआईसी एशिया बैङ्कको १८औं शाखारहित शाखा रुपन्देहीको शुद्धोधन गाउँपालिका भुजौलीमा सञ्चालनमा आएको छ । बैङ्कले बुधबारबाट सञ्चालनमा ल्याएको सेवाको उद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले गरेका हुन् ।

शाखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैङ्किङ सेवा लिन सक्ने बैङ्कले जनाएको छ । स्थानीयले शाखारहित सेवाबाट खाता खोल्ने, टेलिफोन, मोबाईल, एडिएसएल, डिस होमको महसुल भुक्तानी तथा रिचार्ज गर्ने लगायतका सेवा प्राप्त गर्न सक्ने छन् ।

बैङ्कले हाल २ सय ३८ शाखा, २ सय ३२ एटीएम, १४ एक्सटेन्सन काउन्टर एवम् १८ शाखारहित बैङ्किङमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।