एनआईबीएल समृद्धिको १२ प्रतिशत लाभांश

लाभांश वितरण गर्ने भएपछि कम्पनीले भदौ २२ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ ।

एनआईबीएल समृद्धि फन्ड १ ले आफ्ना सेयरधनीहरुलाई करसहित १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । एनआईबीएल म्युचुअल फन्डको स्वामित्वमा रहेको कम्पनीले १२ करोड रुपैयाँ लाभांश दिने भएको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको लाभांश दिने निर्णयपछि प्रतिइकाइ खुद सम्पत्ति मूल्य १० रुपैयाँ ९ पैसा कायम रहने जनाइएको छ । एनआईबीएल समृद्धिले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गरेपछि लाभांश वितरणको घोषणा गरेको हो ।

लाभांश वितरण गर्ने भएपछि कम्पनीले भदौ २२ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ ।