सिभिल बैंकद्वारा बाल विकास समाजलाई दुई लाख प्रदान

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रमबीच बाल विकास समाजलाई रु दुई लाखको चेक हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयूक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर शाक्यले बताए । सिभिल बैंकले आफ्नो स्थापनाकाल देखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पाँचखालमा सञ्चालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्योहोर्दै आइरहेको छ । यस बाल विकास समाजसँग पनि बैंकले विगत २ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेका छ ।