आरएमडीसीमा ओझाको निरन्तरता

आइतबार बसेको संस्थाको सञ्चालक समितिले ओझालाई असोज १ गतेदेखि आगामी ४ वर्षका लागि सीईओको अवधि थप गरेको हो ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा ज्योतिचन्द्र ओझालाई नै निरन्तरता दिएको छ । आइतबार बसेको संस्थाको सञ्चालक समितिले ओझालाई असोज १ गतेदेखि आगामी ४ वर्षका लागि सीईओको अवधि थप गरेको हो । उनी २०७१ असोज १ गतेदेखि आरएमडीसीमा सीईओको भूमिका निर्वाह गर्दै आएका छन् ।

ओझा आरएमडीसी आउनुअघि ३० वर्ष राष्ट्रिय वाणिज्य बैङ्कका विभिन्न पदहरुमा रहेर काम गरेका थिए । नेको इन्स्योरेन्सको अध्यक्ष भएरसमेत काम गरेका ओझाले मध्यपश्चिम ग्रामीण विकास बैङ्कको कार्यकारी निर्देशक र नेपाल ल्युब आयलमा सञ्चालकको अनुभवसमेत लिएका छन् ।

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) थाइल्यान्डबाट एमबीए गरेका उनले आरबी बैङ्क कर्मचारी सेवानिवृत्ति बोर्डको अध्यक्षसमेत भएर काम गरिसकेका छन् ।

यसैबीच आरएमडीसीको सञ्चालक समिति बैठकले संस्थाकी सञ्चालक शिवादेवी काफ्लेले दिएको राजिनामा स्वीकृत गरिएको जनाएको छ ।