साङिग्रला डेभलपमेन्टमा श्रेष्ठ

तत्कालीन एस डेभलपमेन्ट बैङ्कमा सीईओको जिम्मेवारी सम्हालेका श्रेष्ठ एस नेपाल इन्भेस्टमेन्ट बैङ्कमा गाभिएपछि बाहिरिएका थिए ।

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ भएका छन् । तत्कालीन एस डेभलपमेन्ट बैङ्कमा सीईओको जिम्मेवारी सम्हालेका श्रेष्ठ एस नेपाल इन्भेस्टमेन्ट बैङ्कमा गाभिएपछि बाहिरिएका थिए ।

गत साता बैङ्कको सञ्चालक समितिले सुयोगलाई भदौ १८ देखि लागू हुनेगरी आगामी ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । साङिग्रला राष्ट्रियस्तरको विकास बैङ्क हो ।

चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठ व्यवस्थापनमा स्नातकसमेत छन् । हिमालयन बैङ्कमा जुनियर अफिसरबाट करियर सुरु गरेका उनले इन्भेस्टमेन्ट बैङ्कमा सहायक प्रबन्धक र तत्कालीन भिवोर विकास बैङ्कमा वरिष्ठ प्रबन्धक भएर काम गरेका थिए । त्यसपछि उनी एसमा पुगेका थिए ।