महालक्ष्मीको सञ्चालक समितिले गरेको निर्णयलाई नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लागू हुनेछ ।
महालक्ष्मी विकास बैङ्कले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीहरुलाई सात प्रतिशत नगद लाभांश र आठ प्रतिशत बोनस सेयर दिने भएको हो ।
महालक्ष्मीको सञ्चालक समितिले गरेको निर्णयलाई नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लागू हुनेछ ।
गत आर्थिक वर्षमा ५६ करोड रुपैयाँ नाफा कमाएको कम्पनीको हाल दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी छ भने प्रति सेयर आम्दानी २१ दशमलव ३१ रुपैयाँ छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय ५४ दशमलव ३० रुपैयाँ छ ।