पेपाल इन जुमसँग एनआइबीएलको रेमिट्यान्स सहकार्य

अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैङ्कले अमेरिकास्थित अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपाल इन जुमसँग रेमिट्यान्स सेवा सुरु गरेको छ ।
अमेरिकामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैङ्कमा रहेको आफ्नो खाता प्रयोग गरी पेपाल इन जुममार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ ।

पेपाल इन जुमसँगमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैङकको रेमिट्यान्स सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास लिएको छ ।

देशका विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ ओटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको बैङ्क र अमेरिकास्थित पेपाल इन जुमबीच सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र लिन सहज बनाएको छ ।