हाम्रो विकास बैङ्कको १०.३१ प्रतिशत लाभांश

सञ्चालक समितिको घोषणा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति र वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनको बाटो खुल्छ । नुवाकोट कार्यक्षेत्र रहेको हाम्रोको चुक्ता पुँजी ४५ करोड ८७ लाख रुपैयाँ छ ।

हाम्रो विकास बैङ्कले सेयरधनीलाई १०.३१ प्रतिशत लाभांश घोषणा गरेको छ । बैङ्कको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २.४० प्रतिशत बोनस सेयर र ७.९१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको घोषणा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति र वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनको बाटो खुल्छ । नुवाकोट कार्यक्षेत्र रहेको हाम्रोको चुक्ता पुँजी ४५ करोड ८७ लाख रुपैयाँ छ ।

गत वर्ष बैङ्कले पाँच करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । हाम्रोलाई ज्योति विकास बैङ्कले खरिद गर्ने गरी दुई विकास बैङ्कबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ भने सम्पूर्ण सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) प्रक्रिया अघि बढेको छ ।