रक्सौल—काठमार्डौँ रेलमार्ग बनाउन भारतसँग समझदारीमा हस्ताक्षर

बिम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाडांै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्तापछि यस्तो सहमति भएको हो ।

रक्सौल— काठमाडौं रेलमार्ग निर्माणका लागि भारतसँग समझादारी पत्रमा हस्ताक्षर भएको छ । बिम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाडाैं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्तापछि यस्तो सहमति भएको हो ।

उक्त रेलमार्ग निर्माण्का लागि इन्जिनियरिङ, डिजाइन अध्ययन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।
भारतीय प्रधानमन्त्री मोदीको नेपालको याे तेस्रोे भ्रमण हो ।

यसअगाडि नै मोदीले काठमाडौंसम्म रेलमार्ग निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यसैबीच प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री माेदीले पशुपतिनाथस्थित धर्मशालाको संयुक्त रुपमा उद्घाटन समेत गरेका थिए । दुर्इ पक्षीय वार्ता गरेपछि धर्मशाला उद्घाटनका लागि दुवै प्रधानमन्त्री पशुपति मन्दिर परिसर पुगेका थिए ।