ज्योतिको डीजीएममा शर्मा र एजीएममा आचार्य

ज्योति विकास बैङ्कले उच्च व्यवस्थापनमा दुई जना नयाँ अनुहार भित्र्याएको छ । नायव महाप्रबन्धक (डीजीएम)मा सुशीलकुमार शर्मा र सहायक महाप्रबन्धक (एजीएम)मा रामहरि आचार्यलाई भित्र्याएको हो ।

नायव महाप्रबन्धक शर्माको २३ वर्ष नेपाल एसबीआई बैङ्क र ५ वर्ष नबिल बैङ्कमा काम गरेको अनुभव छ । उनी ज्योति आउनुअघि एसबीआई बैङ्कको क्षेत्रीय प्रबन्धकका रुपमा कार्यरत थिए । व्यवस्थापनमा स्नातकोत्तर शर्मासँग शाखा प्रबन्धकदेखि विभागीय प्रमुख तथा क्षेत्रीय प्रबन्धकसम्मको काम गरेको अनुभव छ ।

त्यसैगरी सहायक महाप्रवन्धक आचार्यले एभरेष्ट बैङ्कमा २० वर्ष काम गरेका छन् । व्यवस्थापनमा स्नातकोत्तर आचार्य ज्योतिमा आउनुअघि एभरेस्ट बैङ्कको प्रबन्धक थिए ।