आईसीएफसी फाइनान्सले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश मात्र दिने निर्णय गरेको हो । फाइनान्स दसंैअघि नै वार्षिक साधारणसभा बोलाएको छ । नियामक नेपाल राष्ट्र बैङ्कबाट लाभांश स्वीकृत भएकाले लाभांश पारितका लागि आईसीएफसीले असोज ९ गत वार्षिक साधारणसभा बोलाएको छ ।
साधारणभाले पारित गरेसँगे लाभांश वितरणका लागि बाटो खुल्छ । हाल ८८ करोड २१ लाख ७२ हजार ४ सय रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षमा ९ करोड ८४ लाख ६० हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले साधारणसभा प्रयोजनका लागि भदौ २७ देखि असोज ९ गतेसम्म सेयर दाखिला खारेज हुने पनि जनाएको छ ।