स्वरोजगार लघुवित्तको कामु सीईओमा उप्रेती नियुक्त

यसअघिका सीईओले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनीको सञ्चालक समितिले उनलाई नियुक्त गरेको हो ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकृष्ण उप्रेती नियुक्त भएका छन् । यसअघिका सीईओले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनीको सञ्चालक समितिले उनलाई नियुक्त गरेको हो ।

लघुवित्तका सीईओ एवम् कम्पनी सचिव उदयराज खतिवडाले सीईओ पदबाट राजीनामा दिएका थिए । सीईओमा नियुक्त भएका उप्रेतीलाई आउँदो पुस ४ गतेसम्मका लागि कामु सीर्इकाे जिम्मेवारी दिइएको जनाइएको छ ।