ठूला शाखाहरुको अनिवार्य रुपमा लेखापरीक्षण गर्ने व्यवस्था गरिएको छ । यसले गर्दा पनि मनपरी गर्न सक्दैनन् । अर्को केन्द्रीय बैङ्कले जोखिममा आधारित सुपरिवेक्षण गर्छ । यसले मनपरी रुपमा ऋण दिन पनि पाउँदैन ।
बैङ्कहरुको वर्षभरको योजना कहाँ कति कुन रुपमा खर्च गर्दै छौं भन्ने खोजीबाटै आक्रामक बैङ्किङमा विराम लाग्छ । त्यसैले उनीहरुसँग वार्षिक योजना मागिएको हो । कति शाखा खोल्ने, निक्षेप परिचालन कसरी गर्ने, कर्जा लगानी गर्ने आधार के हुने, कर्मचारीको व्यवस्थापन कसरी हुने भन्ने विभिन्न विषयलाई वार्षिक योजनाले सम्बोधन गर्नुपर्ने हुन्छ ।
किनभने योजनामा मनपरी ढङ्गले लेख्न त सकिँदैन । काम गर्न सकने जति मात्रै त्यसमा लेखिने हुन्छ । त्यसैलाई आधार बनाएर केन्द्रीय बैङ्कले नियमन तथा सुपरिवेक्षण पनि गर्छ । त्यसैगरी ठूला शाखाहरुको अनिवार्य रुपमा लेखापरीक्षण गर्ने व्यवस्था गरिएको छ । यसले गर्दा पनि मनपरी गर्न सक्दैनन् । अर्को केन्द्रीय बैङ्कले जोखिममा आधारित सुपरिवेक्षण गर्छ । यसले मनपरी रुपमा ऋण दिन पनि पाउँदैन । किनभने खराब कर्जा, ‘ग्रे एरिया’को ऋण र असल कर्जा भनेर वर्गीकरण गरी हेर्ने गर्छ । हाम्रो मुलुक यस्तो अवस्थामा छ भनेर नै सुख पाउने स्थिति अहिले भएन । अन्तर्राष्ट्रिय रुपमै दबाब आइरहेको छ र अब वासल ३ मा जानैपर्छ ।
सम्भवतः यसै वर्षदेखि नै वासल ३ को अवधारणा ल्याएर कर्जा पुँजी निक्षेप अनुपात हटाउनुपर्ने हुन्छ । त्यसपछि त ऋणलाई अझ मजबुत बनाउन थप सुरक्षण (सेक्युरिटी) राख्नुपर्ने हुन्छ । अत्यन्तै संवेदनशील र प्रविधिले निकै छिटो प्रभाव पार्ने भएको हुनाले अझ धेरै सुधारका प्रयास हामीले सुरु गर्नुपर्ने छ । त्यसका लागि केन्द्रीय बैङ्कले सचेततासाथ काम गरिरहेको छ ।
आक्रामक रुपमा प्रस्तुत हुने प्रवृत्तिले संस्थागत सुशासनलाई कुल्चिने भएकाले केन्द्रीय बैङ्कले संस्थागत सुशासन पालना भयो कि भएन भनेर विभिन्न कोणबाट अध्ययनअनुसन्धान गरी त्यसैअनुरुपका नीतिनियममार्फत वित्तीय क्षेत्रलाई ‘ट्र्याक’मा हिँडाइरहेको छ ।