कन्काई विकासले साढे नाै प्रतिशत लाभांश दिने

कम्पनीले ६ दशमलव ५० प्रतिशतका दरले हुन आउँने ३ करोड २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

कन्काई विकास बैङ्कले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट साढे नाै प्रतिशत लाभांश दिने भएको छ । यसैगरी कम्पनीले ६ दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ५१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा आगामी वार्षिक साधारण साभाले पारित गरेपछि मात्र वितरण गरिने छ ।