आफ्नो आर्थिक अवस्था मजबुत बनाउन सकिने २० प्रयास

तपाईंले आफ्नो वित्तीय स्थिति कमजोर हुन रोक्नुपर्छ तथा परिवर्तन गर्न सुरु गरिहाल्नुपर्छ । त्यसैले यहाँ केही सुझाव दिइएका छन्, तिनले तपाईंलाई पक्कै पनि आर्थिक अवस्था मजबुत बनाउन सहयोगी भूमिका निर्वाह गर्नेछन् ।

तपाईंले जेसुकै काम गर्नुहोस्, आफ्नो परिस्थितिमा फस्नुभएको छ, अथवा अगाडि बढ्न सक्नुहुन्न भने आफ्नो वित्तीय क्षेत्र सम्हाल्ने तरिकामा केही परिवर्तन गर्न आवश्यक छ । तपाईंले आफ्नो वित्तीय स्थिति कमजोर हुन रोक्नुपर्छ तथा परिवर्तन गर्न सुरु गरिहाल्नुपर्छ । त्यसैले यहाँ केही सुझाव दिइएका छन्, तिनले तपाईंलाई पक्कै पनि आर्थिक अवस्था मजबुत बनाउन सहयोगी भूमिका निर्वाह गर्नेछन् ।

बजेट बनाउन सुरु गर्नुहोस्

यदि तपाईं आफ्नो वित्त व्यवस्थापनमा सङ्घर्ष गरिरहनुभएको छ भने तपाईंलाई बजेट बनाउन सुरु गर्नुपर्ने आवश्यकता छ । तपाईंको वित्तीय भविष्य परिवर्तन गर्न तपाईंको बजेट सबैभन्दा राम्रो हतियार हो । यदि तपाईंले पहिलेदेखि नै मासिक बजेट बनाउने गर्नु भएको छैन भने अब बजट व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । यदि तपाईंसँग बजेट छ, तर यसले काम गरिरहेको छैन भने आफ्नो बजेटलाई सुधार गर्ने तरिका जान्न का लागि समय निकाल्नुस् । जसले गर्दा तपाईंले आफ्नो पैसाले आफ्नै लागि काम सुरु गर्न सक्नुहोस् ।

मासिक खर्च कटौती गर्नुहोस्

आफ्नो वित्तीय तस्बिर परिवर्तन गर्न तपाईं एउटा सजिलो काम गर्न सक्नुहुन्छ – आफ्नो मासिक खर्च कम गर्नु । केही वैकल्पिक काम गरेर यसो गर्न सकिन्छ । जस्तै ः तपाईंको बिमा तथा अन्य सेवाका लागि विभिन्न सेवाप्रदायकसँग बुझेर सस्तो पोलिसी छानेर लागत कम गर्न सकिन्छ । आउँदो महिनामा आफ्नो मासिक खर्चमा कम से कम केही खर्च घटाउन समय निकाल्नुहोस् ।

केबल च्यानल बन्द गर्नुहोस्

यदि आफ्नो खर्च नियन्त्रणभन्दा बाहिर गएको जस्तो लाग्छ, र आफ्नो वित्तीय लक्ष्य छिटोभन्दा छिटो प्राप्त गर्न चाहनुहुन्छ भने केबल च्यानल काटिदिनुहोस् । यस्ता कैयौं विकल्प छन् जसले तपाईंलाई सुको खर्च नगरी मनोरञ्जन दिन्छन् । यदि तपाईं खेलप्रेमी हुनुहुन्छ भने पनि यसको विकल्प पनि पाइन्छन् ।

बाहिर खान छोड्नुहोस्

आफ्नो पैसा बर्बाद गर्ने सबैभन्दा ठूलो तरिका हो खानपनि । कैलेकाहीँ मुख फेर्नु ठिकै हुनसक्छ, तर सधैंजसो बाहिर खानुको सट्टा घरै बनाएर खानुभयो भने धेरै पैसा जोगिन्छ । बाहिर खान्नँ घरै पकाउँछु भन्ने प्रतिज्ञा निुहोस् र एक हप्तासम्म हेर्नुहोस् । तपाईं आश्चर्यचकित हुनुहुनेछ कि कति पैसा जोगियो भनेर ।

मासिक भोजनको योजना बनाउनुहोस्

यदि हरेक रात खाना पकाउनु पर्ने चिन्ताले डराउनुहुन्छ भने मासिक भोजनको योजना बनाउँदा सजिलो हुन्छ । पूरै महिनाको योजना बनाउँदा राम्रो के हुन्छ भने तपाई धेरै कुरा एकै ठाउँमा मिसाएर पकाउन सक्नुहुन्छ । यसले किनमेल गर्न पनि सजिलो हुनजान्छ तथा भोजन बर्बाद हुँदैन र कुनै सामग्री खेर जाने डर हुँदैन । किनकि तपाईंले किनेका सबै सामग्रीको अधिकतम उपयोग गर्नुहुनेछ । खाना पकाउने र किनमेललाई सजिलो बनाउन मद्दतका लागि मेनू प्लानिङ सेवा प्रयोग गर्नु विकल्प हुनसक्छ ।

व्यक्तिगत आर्थिक व्यवस्थापनबारे अध्ययन गर्नुहोस्

यदि तपाईं आफ्नो अर्थव्यवस्थाका बारे केही परिवर्तन गर्न चाहनुहुन्छ, तर निश्चित हुनुहुन्न कि कहाँबाट सुरू गर्ने भन्ने, तब यस विषयसम्बन्धी कुनै पुस्तक पढ्ने सोच बनाउन् पर्छ । यदि तपाईं ऋणबाट मुक्त हुन चाहनुहुन्छ भने डेव रैमसेद्वारा लिखित ‘द टोटल मनी मेकओभर’ पुस्तक पढ्नुपर्ने हुन्छ । ‘योर मनी अर योर लाइफ’ अर्को राम्रो पुस्तक हुनसक्छ जसले तपाईंलाई आफ्नो पैसालाई फरक फरक किसिमले सम्हालन मद्दत गर्छ ।

लगानीबारे सिक्नुहोस्

धन कमाउने महत्वपूर्ण पाइलामध्ये एउटा हो लगानी सुरु गर्नु । यदि लगानी गर्न डर लाग्छ भने सिक्नुस् । कुनै क्लास लिनुहोस् वा कुनै प्रोग्राम तथा एपको सहयोग लिनुहोस् जसले तपाईंलाई लगानीको अभ्यास गर्न सिकाउँछ । तपाईं एउटा आर्थिक सल्लाहकारको सहयोग पनि लिन सक्नुहुन्छ जसले तपाईंलाई बजार बुझ्न सहयोग गर्न सक्छ ।

मूर्त र वास्तविक लक्ष्य निर्धारित गर्नुहोस्

तपाईंले गरिरहको कामको लक्ष्य निर्धारित गर्नुहोस् । यदि काम गर्ने कुनै विशिष्ट वस्तु तपाईंसँग छैन भने हरेक महिना बचत गर्न स्वयम्लाई प्रेरित गर्न कठिन हुन्छ । जसै तपाईं आफ्नो लक्ष्य निधारित गर्नुहुन्छ, यो सुनिश्चित गर्नुहोस् कि त्यो वास्तविक छ । तपाईं निराश हुन चाहनु हुन्न, किनकि तपाईं वर्षमा ४० हजार डलर ऋण तिर्न चाहनु हुन्छ जबकि तपाईंको कमाइ वर्षको मात्र ३० हजार डलर छ । आफ्नो लक्ष्यलाई सही दिशा निर्देश गर्न एउटा तरिका बनाउनुहोस् ताकि तपाईंले देख्नसक्नुस् कि कति पूरा गर्नुभयो । जब तपाईं दीर्घकालीन लक्ष्यमा काम गरिरहनुभएको छ भने यसले तपाईंलाई सही दिशामा रहिरहन मद्दत गर्न सक्छ ।

वित्तीय योजना बनाउनुहोस्

यदि तपाईं विशिष्ट लक्ष्य पूरा गर्न चाहनुहुन्छ भने एउटा वित्तीय योजना आवश्यक हुन्छ । तपाईंको आर्थिक योजनाले तपाईंको जीवनको ठूलो आधारशीला राख्न एउटा समयरेखा स्थापित गर्नेछ । यसले तपाईंको आफ्नो लक्ष्यलाई प्राथमिकता दिन पनि सहयोग गर्नेछ, किनकि एक पटकमा एउटा वा दुइटा लक्ष्यमा ध्यान केन्द्रित गर्नु प्रायः अधिक प्रभावकारी हुन्छ । यस योजनामा घर किन्ने, सेवानिवृत्तिपछिका लागि बचत गर्ने तथा आफ्ना बालबालिकाको उच्च शिक्षाका लागि चाहिने खर्च समावेश हुनुपर्छ ।

आफ्नो ऋण तिर्नुहोस्

सबैभन्दा मूर्ख कामहरुमध्ये तपाईं एउटा गर्न सक्नुहुन्छ, त्यो हो – धेरै ऋण । विशेषगरी क्रेडिट कार्डबाट ऋण लिनु । यदि तपाईंलाई आफ्नो वित्तीय तस्बिर परिवर्तन गर्न मन छ तथा बढी वित्तीय अवसर हासिल गर्न चाहनुहुन्छ भने जतिसक्दो छिटो आफ्नो ऋण चुक्ता गनुपर्ने हुन्छ । आजै एउटा ऋण चुक्ता गर्ने तालिका बनाउनुहोस् र लक्ष्य निधारण गर्नुहोस् जसले छिटोभन्दा छिटो तपाईंको ऋण भुक्तान गर्न मद्दत गर्न सक्छ ।

क्रमशः . . .

(मिरियम काल्डवेलद्वारा लिखित तथा ‘द ब्यालेन्स डट कम’ अनलनइनमा प्रकाशित लेखको अनौपचारिक अनुवाद ।)