असोज ९ देखि बिमाबारे अन्तर्राष्ट्रिय सम्मेलन

प्राकृतिक प्रकोप हुँदा बिमा कम्पनीहरुले वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित हुने आयोजकले जनाएका छन् ।

एसोसिएसन अफ इन्स्योरेन्स एन्ड रिइन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) सम्मेलन आगामी असोज ९ र १० गते काठमाडौंमा हुने भएको छ ।

प्राकृतिक प्रकोप हुँदा बिमा कम्पनीहरुले वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित हुने आयोजकले जनाएका छन् ।

सम्मेलनमा दुई दर्जनभन्दा बढी विकासशील देशहरु सहभागी हुनेछन् । एआईआरडीसी, बिमा समिति र नेपाल बिमक सङ्घले संयुक्त रुपमा यो सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

विभिन्न समयमा हुने प्राकृतिक विपद् तथा त्यसको जोखिमलाई कसरी बिमा क्षेत्रले वहन गर्न सक्छ भन्ने विषयमा छलफल हुने आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।