आइएमई लाइफको सीईओमा श्रीचन्द्र भट्ट नियुक्त

नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट १९९८ मा बैङ्किङ करियर सुरु गरेका भट्टले २०११ सम्म सहायक महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए ।

आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट १९९८ मा बैङ्किङ करियर सुरु गरेका भट्टले २०११ सम्म सहायक महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि भट्टले मेगा बैङ्कमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए । भट्टसँग रेमिट टु नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभव समेत छ ।