कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिने छ ।
ज्योति विकास बैङ्कले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ दशमलव ४० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीहरुलाई २१ करोड ८० लाख ६२ हजार ७ सय ५३ रुपैयाँ बराबरको रकम लाभांश दिने भएको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिने छ ।
ज्योतिले दिने नगद लाभांश प्राप्त हुने खण्डीकृत सेयरमा रहेको भिन्न अङ्क थप गर्ने निर्णय गरेको छ । साथै, पूर्ण सेयर कायम गर्ने तथा हकप्रद सेयर वितरण गर्दाको अवस्थामा प्राप्त हुन बाँकी सेयरधनीहरुको खण्डीकृतमा अवस्थित भिन्न रकम तथा कर बापत बुझाउनु पर्ने रकम कट्टा गरेर बाँकी रकम मात्र सम्बन्धित सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।