गढी गाउँपालिका वडा नम्बर ३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक विवेकानन्द झाले मेगा उद्घाटन गरे ।
मेगा बैङ्कले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैङ्किङ सेवा सुरु गरेको छ । गढी गाउँपालिका वडा नम्बर ३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक विवेकानन्द झाले मेगा उद्घाटन गरे ।
गाउँपालिकाका अध्यक्ष यादवले अब आफ्नो गाउँपालिकाका जनतालाई मेगा बैङ्कको शाखारहित बैङ्किङ सेवामार्फत् घरदैलोमा बचत गर्न सजिलो हुने भन्दै खुसी व्यक्त गरे । नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक झाले ग्रामीण तथा दुर्गम भेगहरुमा सेवा विस्तार गरेकोमा मेगा बैङ्कलाई धन्यवाद दिए ।
मेगा बैङ्कका बिराटनगर शाखा प्रबन्धक अभिषेक कार्कीले स–साना बचतका लागि टाढा बैङ्कमा गई लाइन बसेर जम्मा गर्न अप्ठेरो हुने भएकाले मेगा बैङ्कले शाखारहित सेवामार्फत् नै अत्याधुनिक सेवा प्रदान गरिरहेको जानकारी दिए ।