नक्कली कार्ड प्रयोग गरेर सनराइज बैङ्कबाट १ करोडको कारोबार गर्ने पक्राउ

आफूलाई आयात निर्यातको व्यवसायी बताउँदै पीओएस मेसिन लिने प्रदीप न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । न्यौपानेले आफ्नो नाममा डीएमके इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि कम्पनी दर्ता गरेर सनराइज बैङ्कबाट पीओएस मेसिन लिएका थिए । उनले त्यस मेसिनबाट नक्कली कार्डको प्रयोग गर्दै कारोबार गर्ने गरेको प्रहरीले खुलासा गरेको छ ।

सनराइज बैङ्कको पीओएस मेसिनमा नक्कली एटीएम कार्ड प्रयोग गर्दै १ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार गर्ने नुवाकोटका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई एक सय ६३ पटक नक्कली कार्ड प्रयोग गरी कारोबार गरेको आरोपमा पक्राउ गरेको हो ।

आफूलाई आयात निर्यातको व्यवसायी बताउँदै पीओएस मेसिन लिने प्रदीप न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । न्यौपानेले आफ्नो नाममा डीएमके इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि कम्पनी दर्ता गरेर सनराइज बैङ्कबाट पीओएस मेसिन लिएका थिए । उनले त्यस मेसिनबाट नक्कली कार्डको प्रयोग गर्दै कारोबार गर्ने गरेको प्रहरीले खुलासा गरेको छ ।

उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई बैङ्किङ कसुर तथा सजाय ऐन अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले आयात निर्यातको ठूलो काम हुने भन्दै पीओएस मेसिन लिएका थिए ।

उनले पीओस मेसिनबाट १ सय ६३ पटक नक्कली कार्ड प्रयोग गरी एक करोड दुई लाख १९ हजार कारोबार गरेकोमा २२ लाख ७७ हजार रुपैयाँको ’सक्सेसफुल ट्रान्जेक्सन’ गरेका थिए ।

उनले कार्डबाट कारोबार गर्दा विदेशी नागरिकको पासपोर्टलाई आईडीको रुपमा प्रयोग गरी पासपोर्टको कपीमा नक्कली हस्ताक्षर प्रयोग गरेका थिए ।