स्वरोजगार लघुवित्तको बुक क्लोज असोज ५ गतेदेखि, २१ प्रतिशत लाभांश प्रस्ताव

कम्पनीले साधारण सभामा कम्पनीको चुक्ता पुँजीको २० प्रतिशतका दरले २ करोड ४४ लाख ९९ हजार ५ सय ५२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दै छ ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आगामी असोज २० गते हुने वार्षिक साधारण सभाका लागि असोज ५ देखि २० गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले साधारण सभामा कम्पनीको चुक्ता पुँजीको २० प्रतिशतका दरले २ करोड ४४ लाख ९९ हजार ५ सय ५२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दै छ ।

यस्तै कम्पनीले चुक्ता पुँजीको १ दशमलव ०५ प्रतिशतका दरले हुने १२ लाख ८९ हजार ४ सय ५० रुपैयाँ नगद लाभांश दिँदै छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड ४४ लाख ९७ हजार ७ सय ६० रुपैयाँ बराबर छ ।

असोज ५ गतेसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको बोनस सेयर तथा नगद लाभांश पाउनेछन् ।