एनआईसीका दुई नयाँ चामत्कारिक कर्जा योजना

चामत्कारिक सवारी कर्जा तुरुन्तै स्वीकृति हुने, १५ वर्षसम्मको कर्जा भुक्तानी अवधि, मासिक ११ हजार रुपैयाँ किस्तामा पाइनेछ । यस्तै यस कर्जाको मासिक ब्याजदर शून्य दशमलव ९ प्रतिशत, दुई ओटै कर्जा लिने ग्राहकलाई विषेश छुट दिने बताइएको छ ।

एनआईसी एसिया बैङ्कले चामत्कारिक विशेषता भएका दुई नयाँ कर्जा योजना ‘चामत्कारिक सवारी कर्जा’ र ‘चामत्कारिक घरजग्गा कर्जा’ सार्वजनिक गरेको छ ।

कम्पनीले चामत्कारिक सवारी कर्जा ‘एनआईसी एसियाको साँच्चै चमत्कार अब गर्नुहोस्, आफ्नो सपना साकार’ भन्ने नाराका सार्वजनिक गरेको छ । योजनाअन्तर्गत नयाँ गाडी लिन वा पुरानो सवारीसाधन साट्न चाहने ग्राहकले समेत चामत्कारिक लाभ उठाउन सक्ननेछन् ।
चामत्कारिक सवारी कर्जा तुरुन्तै स्वीकृति हुने, १५ वर्षसम्मको कर्जा भुक्तानी अवधि, मासिक ११ हजार रुपैयाँ किस्तामा पाइनेछ । यस्तै यस कर्जाको मासिक ब्याजदर शून्य दशमलव ९ प्रतिशत, दुई ओटै कर्जा लिने ग्राहकलाई विषेश छुट दिने बताइएको छ ।

चामत्कारिक घरजग्गा कर्जा ‘एनआईसी एसियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ सार्वजनिक गरेको छ । आफ्नो आम्दानीअनुसार मासिक किस्ता निर्धारण गर्न सकिने, अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि, कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, मासिक ब्याजदर शून्य दशमलव ९ मात्र लगायत यसका विषेशता छन् ।