सम्झौतापछि एनबीआई र कुसोमले संयुक्त रुपमा पोस्ट ग्र्याजुएट डिप्लोमा इन बैङ्क म्यानेजमेन्टको सुरुवात गर्ने भएको छ । यो भर्खर स्नातक तह उर्तीण गरेका विद्यार्थी र बैङ्किङ क्षेत्रका कर्मचारीहरुका लागि उपयुक्त हुने बताइएको छ ।
नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई) र काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)बीच बैङ्किङ क्षेत्रको विकासका लागि शिक्षा, तालिम र अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।
सम्झौतापछि एनबीआई र कुसोमले संयुक्त रुपमा पोस्ट ग्र्याजुएट डिप्लोमा इन बैङ्क म्यानेजमेन्टको सुरुवात गर्ने भएको छ । यो भर्खर स्नातक तह उर्तीण गरेका विद्यार्थी र बैङ्किङ क्षेत्रका कर्मचारीहरुका लागि उपयुक्त हुने बताइएको छ ।
सम्झौतापत्रमा कुसोमका डीन प्रोफेसर विजयकुमार केसी र नेसनल बैङ्किङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरे ।