नोबेल विजेता रिचर्ड थेलरको आर्थिक स्वतन्त्रताका चार सूत्र

बचत रकम सही ठाउँमा लगानी गर्नका लागि न नाफा, न नोक्सानमा पनि जोखिम लिनुहोस् । जब तपाइँ नाफामा खुसी हुनुभन्दा नोक्सान हुँदा बढी दुखी हुने गर्नुभएको छ भने, केही रकम गुमाएर त्यति नै पाइने कुरामा विश्वास गर्नुहुन्न । यदि लगानीकर्ताले यो बानी नियन्त्रण गर्न सक्दैन भने अन्त्यमा घाटा त हुन्छ नै ।

बिहेवियरल इकोनोमिक्सका प्रणेता रिचर्ड थेलरले सन् २०१७ को नोबेल पुरस्कार प्राप्त गर्दा आप्mनो थ्यौरीका बारेमा जानकारी दिएका हुन् ।
बिहेवियरल इकोनोमिक्सक अनुसार, मानव भएका कारण हामीहरु अतार्किक गतिविधिहरुमा संलग्न भइरहने आशङ्का रहिरहन्छ । त्यसकारण हामीले आफूलाई सही दिशातर्फ लैजानुपर्ने आवश्यकता हुन्छ । धेरैभन्दा धेरै बचत गरी सम्पत्ति जोड्का लागि लगानीकर्ताले निम्न चार नियम अपनाउनु पर्छ ।
१. धेरै बचत गर्नुस्

आजैदेखि बचत गर्न सुरु गर्नुस् ः यदि कुनै व्यक्तिले २५ वर्षको उमेरदेखि नै बचत गर्ने गरेको छ, र उसले हरेक वर्ष एक लाख रुपैयाँ यस्तो ठाउँमा लगानी गरोस् जहाँ १२ प्रतिशतका दरले चक्रवृद्धि ब्याज पाइयोस्, भने ६० वर्षको उमेरमा त्यो व्यक्ति रिटायर्ड हुँदा उसले लगभग ५ करोड रुपैयाँ पाउनसक्छ । तर, कसैले २५ वर्षमा नसकेर ३५ वर्षको आयुमा यसरी नै बचत गर्न सुरु गर्छ भने ६० वर्षमा ५ करोड रुपैया पाउनका लागि वर्षेनि ३ देखि ५ लाखसम्म जम्मा गर्नुपर्ने हुन्छ । र, यदि बचत गर्नमा अझै दस वर्ष ढिला भयो भने वर्षेनि जम्मा गर्नु पर्ने रकम बढेर १२ लाख हुन जान्छ ।
सतर्क भएर खर्च गर्नुस्: आफ्नो डेबिट या क्रेडिट कार्डको प्रयोग कम मात्रामा गर्नुस् । तपाइँले पाउने बोनस रकमलाई तलबकै रकम मानेर जोगाउनुस्, सबै खर्च नगर्नुस् ।

२. बचत रकम बढाउँदै लग्नुस्
लगानीको अनुपात वर्षेनि बढाउँदै लानुभयो भने आपूmले पाउने लक्षित रकम समय अगावै पाउन सक्नुहुन्छ अथवा निश्चित समयमा तोकिएभन्दा बढी रकम पाउनुहुनेछ । यस कुरामा ध्यान दिनुहोस् कि हरेक वर्ष महँगी बढ्नाले तपाइँले जम्मा गरेको रकमको मूल्यमा ह«ास भइरहेको हुन्छ ।
मनन गर्नुहोस् ः सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान आवश्यकता र व्यावहारिकतामा आधारित हुनुपर्छ । जस्तै, यदि तपाइँको तलब प्रत्येक वर्ष पाँच प्रतिशतले बढ्ने गरेको छ भने लगानी १० प्रतिशत बढाउनु सम्भव हुँदैन ।

३. उचित लगानी गर्नुस्
बचत रकम सही ठाउँमा लगानी गर्नका लागि न नाफा, न नोक्सानमा पनि जोखिम लिनुहोस् । जब तपाइँ नाफामा खुसी हुनुभन्दा नोक्सान हुँदा बढी दुखी हुने गर्नुभएको छ भने, केही रकम गुमाएर त्यति नै पाइने कुरामा विश्वास गर्नुहुन्न । यदि लगानीकर्ताले यो बानी नियन्त्रण गर्न सक्दैन भने अन्त्यमा घाटा त हुन्छ नै ।
लगानी धेरै ठाउँमा गर्नुस् तर, अत्यधिक प्रोडक्टमा लगानी गर्नबाट जोगिनुहोस् ।
कैयौं लगानीकर्ताहरु प्रायजसो बम्पर प्रतिफलको अपेक्षा लिएर गल्ती गरिरहेका हुन्छन् । त्यसको सट्टा ठिक्कको प्रतिफललाई महत्व दिनुहोस् । दोस्रो गल्ती चाँहि कमाइको इच्छा र भविष्यमा हुने सम्भावित प्रतिफलमा दृष्टि नपुर्याउनु हो ।
नियमित लगानी प्रक्रियाः लामो अवधिको कुनैपनि योजनामा लगानी गर्नुपूर्व अन्य विकल्प हेर्नुहोस् । तथा, बेलाबेलामा आप्mनो पोर्टफोलियोलाई नियमित गर्दै लानुहोस् ।

४. रकम यताउता नगर्नुहोस्
आप्mना सबै लक्ष्यलाई मध्यनजर गर्दै लगानी गर्नुहोस् ।
विशेष लक्ष्यका लागि अलग–अलग स्थानमा गरिएको लगानी जोडेर हेर्दा लगानीकर्तालाई धेरै बचत गर्ने प्रेरणा मिलेको देखिन्छ । साथसाथै यसले उसलाई लगानी रकम समय अगावै झिक्ने लोभबाट पनि मुक्ति दिन्छ ।
आपत्कालीन रकम : आपतकालीन रकमको जोहो गर्नु लगानी सुरक्षित राख्ने एउटा तरिका हो । तर, यो रकमलाई तबसम्म चलाउनु हुन्न जबसम्म साच्चिकै आपत नपरोस् । यस्तो आपतकालीन रकमलाई त्यसतो ठाएँमा लगानी गर्नुपर्छ जहाँ चाहिएको बेला तुरुन्त झिक्न पाइयोस् । यस्तो रकम कुनै मुद्दती खातामा राख्नु राम्रो हुन्न ।
मुद्दती वा लक्ड(इन जस्ता लगानीका उपाय प्रयोग गर्नुहोस् । बीचबीचमा पैसा झिकेर खर्चगर्ने लोभबाट मुक्ति पाउनका लागि निश्चित समयको मुद्दती खातामा रकम जम्मा गर्नुहोस् । अथवा यस्तै अरु कुनै ठाउँमा जम्मा गर्नुस् जहाँ समयभन्दा अघि पैसा झिक्न पाइँदैन । अर्को उपाय हो लामो समयसम्म रकम निकाल्न न पाइने तर अत्यावश्यक परेका बेला निश्चित रकम झिक्न पाइने सुविधा भएको ठाउँमा लगानी गर्ने ।