बैङ्कले विश्व खाद्य कार्यक्रम र ठुड नेवर इन्टरनेसनलसँगको सहकार्यमा नगद वितरण गरेको हो ।
सिटिजन्स बैङ्कले ३ हजार ६ सय ३३ परिवारलाई ५ करोड १७ लाख ८ सय ३५ रुपैयाँ बराबर नगद वितरण गरेको छ । बैङ्कले विश्व खाद्य कार्यक्रम र ठुड नेवर इन्टरनेसनलसँगको सहकार्यमा नगद वितरण गरेको हो ।
स्थानीय बाटो निर्माण गरेवापत ‘कामका लागि नगद’ वितरण योजनाअन्तर्गत नगद भुक्तानी गरिएको बैङ्कले जनाएको छ । डोटी जिल्लाको पोखरी, सानागाँउ, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसमा नगद वितरण कार्यक्रम आयोजना गरिएको हो ।