छिमेक लघुवित्तको लाभांश १८ प्रतिशत बोनस, २२ प्रतिशत नगद

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ४० प्रतिशत लाभांश दिन लागेको हो । कम्पनीले विगत ६ वर्षदेखि सेयरधनीहरुलाई ४० प्रतिशतभन्दा माथिको लाभांश वितरण गर्दै आइरहेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ४० प्रतिशत लाभांश दिन लागेको हो । कम्पनीले विगत ६ वर्षदेखि सेयरधनीहरुलाई ४० प्रतिशतभन्दा माथिको लाभांश वितरण गर्दै आइरहेको छ ।

तर, यस आर्थिक वर्षमा भने लघुवित्तले ४० प्रतिशत मात्र लाभांश घोषणा गरेको जनाएको छ । जसअनुसार १८ प्रतिशतका दरले १८ करोड रुपैयाँ बराबरको बोनस सेयर र करसहित २२ प्रतिशतका दरले २२ करोड रुपैयाँ नगद लाभांश दिन लागेको हो ।

छिमेक लघुवित्तको सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारण सभामा पारित भएर नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि लागू हुने छ ।