एक्सेल डेभलपमेन्ट बैङ्कले लगानीकर्तालाई १७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजीको १७ प्रतिशत नगद लाभांश (करसहित) दिने भएको हो ।
एक्सेलले १७ प्रतिशतका दरले ११ करोड ७७ लाख ५४ हजार ५ सय ७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने जानकारी दिएको हो । कम्पनीको हाल ६९ करोड २६ लाख ७३ हजार ९ सय ७५ रुपैयाँ चुक्ता पुँजी छ ।
एक्सेल डेभलपमेन्टको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लागू हुनेछ ।