आईएमई लिमिटेड र बोता मःमबीच आईएमईका प्रिभिलेज कार्डवाहक सेवाग्राहीलाई बोता मःममा १५ प्रतिशत विशेष छुट दिने सम्झौता भएको छ ।
काठमाडौंमा चार, ललितपुरमा एक र भक्तपुरमा खुल्न लागेको एकसहित कुल छ ओटा आउटलेट रहेको बोता मःमका सबै आउटलेटमा यो सम्झौता लागू हुनेछ । यो सुविधा लिनका लागि आईएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनु पर्नेछ ।
सम्झौता पत्रमा आईएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मःमका तर्फबाट अपरेसन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरे । सम्झौता यही असोज एक गतेदेखि दुई वर्षसम्म लागू हुनेछ ।