कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करसहित ४ करोड २१ लाख ५ हजार ६ सय रुपैयाँ नगद लाभांश दिने भएको हो ।
गुहेश्वरी मर्चेन्ट बैङ्क एन्ड फाइनान्सले आफ्ना सेयरधनीलाई नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करसहित ४ करोड २१ लाख ५ हजार ६ सय रुपैयाँ नगद लाभांश दिने भएको हो ।
हाल गुहेश्वरी को चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । कम्पनीको सञ्चालक समितिले गरेको लाभांशको निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।