महासङ्घका संस्थापक अध्यक्ष वनवारीलाल मित्तल र शरदकुमार गौचनको शालिक निर्माण गरी मङ्गलवार अनावरण गरिएको हो ।
नेपाल निर्माण व्यवसायी महासङ्घका दुई अध्यक्षहरुको शालिक निर्माण भएको छ । महासङ्घका संस्थापक अध्यक्ष वनवारीलाल मित्तल र शरदकुमार गौचनको शालिक निर्माण गरी मङ्गलवार अनावरण गरिएको हो ।
महासङ्घले आफ्नो कार्यालय अगाडि उनीहरुको शालिक बनाएको छ । शालिक अनावरण गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुको योगदानबिना समृद्ध मुलुकको कल्पना गर्न नसकिने बताए । उनले निर्माण व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको बताउँदै निर्माण व्यवसायी महासङ्घ देशभरका निर्माण व्यवसायीहरुको छाता सङ्गठन रहेकाले यसभित्र कसैलाई पनि राजनीति नगर्न अनुरोध गरे ।
यस्तै महासङ्घका मानार्थ सदस्य जीपछिरिङ लामा शेर्पाले व्यवसायीहरुको समस्याका बारेमा मन्त्री महासेठको ध्यानाकर्षण गराएका छन् । महासङघ अध्यक्ष विष्णुभाइ श्रेष्ठले महासङ्घ नेतृत्व देशभरका व्यवसायीहरुको हकहितका लागि प्रतिबद्ध रहेको बताएका छन् ।