ट्रम्पको प्राथमिकतामा धनाढ्य व्यवसायी

ट्रम्पले नाफ्टाको पुनः सम्झौतामा प्राथमिकता तय गरेर गल्ती भने गरेका छन् । अमेरिकामा सवारीसाधन वा पार्टपुर्जा निर्माण गरिरहेका कम्पनीहरु मेक्सिकोतर्फ सर्नुले त्यसबाट गुमेको रोजगारी अब कहिल्यै पूर्ति हुनेछैन । व्यापारमा लागू गरिने अवरोधहरुले रोजगारी सिर्जनामा पनि खलल पुर्याउँछ । नतिजा, अमेरिकाले सवारीसाधनको पार्टपुर्जाका लागि उत्तर अमेरिकामा फैलिएर रहेको आपूर्तिको सञ्जालमा पूर्ण रुपमा निर्भर रहनुपर्नेछ ।

उत्तर अमेरिकी स्वतन्त्र व्यापार साझेदारी (नाफ्टा)का लागि भएको पछिल्लो चरणको कुराकानी बिनाकुनै सहमति समाप्त भएको छ । योसँगै उक्त कुराकानी एउटा कुनै सम्झौतासम्म पुग्ला वा राष्ट्रपति ट्रम्पले सम्पूर्ण साझेदारीबाटै बाहिरिने भनेर दिएको धम्की मजबुत होला भन्ने विषय प्रस्ट हुन सेको छैन । तर, राष्ट्रपतिले स्वतन्त्र व्यापारका लागि लिएको मार्ग आधारभूत रुपमै गलत र प्रत्युत्पादक छ भन्ने बुझ्न पर्याप्त छ ।

स्वतन्त्र व्यापारको अवधारणाले कर्पोरेट र वित्तीय स्वार्थ भएको जमातलाई मलजल गर्दै समग्र अमेरिकालाई भने धोका भएको भन्ने आफ्नो बुझाइ गलत नभएको ट्रम्पको बुझाइ पनि सही नै हो । यही परिदृश्यमा उनले ट्रान्स प्यासिफिक साझेदारीबाट अमेरिकालाई अलग गर्न गरेको निर्णय पनि सही थियो भन्न मिल्छ, जुन सम्झौता स्वतन्त्र व्यापारभन्दा पनि ठूला कम्पनी, औषधि उत्पादन व्यवसाय र लगानीकर्ताहरुका लागि विशेष सहुलियतजस्तै थियो ।

तर, ट्रम्पले नाफ्टाको पुनः सम्झौतामा प्राथमिकता तय गरेर गल्ती भने गरेका छन् । अमेरिकामा सवारीसाधन वा पार्टपुर्जा निर्माण गरिरहेका कम्पनीहरु मेक्सिकोतर्फ सर्नुले त्यसबाट गुमेको रोजगारी अब कहिल्यै पूर्ति हुनेछैन । व्यापारमा लागू गरिने अवरोधहरुले रोजगारी सिर्जनामा पनि खलल पुर्याउँछ । नतिजा, अमेरिकाले सवारीसाधनको पार्टपुर्जाका लागि उत्तर अमेरिकामा फैलिएर रहेको आपूर्तिको सञ्जालमा पूर्ण रुपमा निर्भर रहनुपर्नेछ ।

मेक्सिकोसँगको द्विदेशीय व्यापार घाटाका सम्बन्धमा ट्रम्पले लिइरहेको नीतिगत अडान पनि गलत छ । अमेरिकी समग्र व्यापार घाटा प्राथामिक रुपमा यसको सूक्ष्म आर्थिक तङ्खवहरु जस्तै अमेरिकी उपभोक्ताको बचत अनुपात, आन्तरिक कम्पनीहरुको लगानी प्रवृत्ति र सङ्घीय सरकारको वार्षिक तथा मौद्रिक नीतिले तय हुने गरेको छ । मेक्सिकोसँगको व्यापार नीतिले मात्रै यी दुई देशको व्यापार घाटाको वर्तमान तस्बिरलाई उल्टाउन सक्दैन । तर, यो सरकारको सबैभन्दा ठूलो दोष भनेको यसले लिएको परम्परागत र नाफालाई बढावा मात्रै दिने व्यापार नीति नै हो । सबैले आफ्नो देशको अर्थतन्त्रको व्यवस्थापन र सन्तुलन आफै गर्ने हो । कामदारहरुको हकहितका लागि भने जस्तो देखिए पनि यो खालको नीतिले राष्ट्रिय स्वार्थ र नाफामुखी प्रवृत्ति भएका अमेरिकी कम्पनीहरुलाई समान स्थान दिन्छ ।

जबजब व्यापार साझेदारीका मुद्दा मुख्यतया सीमामा लागू हुने कर वा गैरकरका अवरोधहरुमा केन्द्रित हुन्छ, नाफामुखी व्यापारले केही फाइदायोग्य नतिजा पनि पैदा गरिदिन्छ । नाफ्टा समझदारीमा सहमति हुुनु भनेको अमेरिकाले आफूले लगाउँदै आएको विभिन्न आयात वा निर्यात कर कम गर्नु हो भने अन्य देशले पनि अमेरिकाले जस्तै करको दर घटाउनु हो । यसले गर्दा अन्तर्राष्ट्रिय व्यापार अझ खुला हुनेछ । तर, वर्तमानमा हुने गरेका व्यापार सम्झौताहरु मुख्यतया आन्तरिक नियम र गुणस्तरको वारिपरि हुने गरेका छन् । जस्तो कि, द्विदेशीय सीमामा कायम रहने अदृश्य नियमहरुले अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई असहज बनाइदिन्छन् । नाफामुखी वा अझ भनौं साहूवादी सोच र स्वभाव भएको वर्तमान व्यापार सम्झौतामा कुनै पनि प्रकारको उज्यालो चाँदीको घेरा कहीँकतै पनि देखिँदैन । देखिन्छ त केवल, लगानीकर्ता तथा ठूला व्यापारिक संस्थाहरुले द्विदेशीय सिमानामा व्याप्त कुनै पनि अवरोधलाई सखाप पारेपछिको स्वार्थसिद्धि ।

वर्तमानमा आकार लिएका विभिन्न स्वार्थसम्बद्ध व्यापार सम्झौताहरुमध्ये औषधि उत्पादकहरुको क्षेत्रजत्तिको प्रभावशाली र सफल अन्य क्षेत्र देखिएको छैन । यसको कारण भनेको सन् ९० को दशकमा गरिएको व्यापार सम्झौतामा कडा पेटेन्ट अधिकारलाई समावेश गरिनु नै हो ।
यो मामिलामा ट्रम्प पनि ठूला औषधि उत्पादक कम्पनीहरुको व्यापार मुद्दामा सहमत देखिएका छन् । उनी पनि पेटेन्ट अधिकारका सम्बन्धमा बौद्धिक सम्पत्तिको संरक्षण अन्य देशमा पनि अमेरिकाको जस्तै कडा हुनुपर्ने भन्नेमा अडिग छन् । यो मामिलामा उनी पूर्ववर्ती सरकारको नक्कल गर्न पनि पछि परेका छैनन् । उनी विदेशमा अमेरिकी लगानीका अवरोध निस्तेज हुनुपर्ने, तर अमेरिकामा विदेशी लगानीलाई भने लगाम लगाउन चाहन्छन् । उनले यो नीति अवलम्बन गर्न चाहेका क्षेत्रहरुमा ढुवानी, राष्ट्रिय सुरक्षालगायत छन् । श्रम र वातावरणीय गुणस्तरको मामिला जसलाई नाफ्टाको प्रमुख समझदारीभन्दा बाहिर समेटिएको थियो, यसमा ट्रम्पले सहमति भने जनाएका छन् । तर, उनलाई यस्तो व्यापारिक सामझदारीले साँच्चिकै असर गरेकाहरुलाई सहयोग पुग्ने आन्तरिक नीतिमा भने खासै चासो देखिँदैन ।

देशमा तब मात्रै त्यस्तो एउटा न्यायसङ्गत विश्वबजारीकरणको उदय हुनेछ, जब ठालू धनाढ्य व्यवसायीहरु र श्रमिक तथा मध्यमस्तरका परिवारबीच त्यस्तो मजबुत र अन्योन्याश्रित सामाजिक सम्बन्ध जोडिनेछ । प्रत्येक समाज जसले आफूलाई विश्व अर्थतन्त्र उन्मुख गराउने चेष्टा गर्दछ, उसलाई सामाजिक स्थानान्तरण, श्रमिकको तालिम वृत्ति विकासका कार्यक्रम र नकारात्मक रुपमा प्रभावित कामदार एवम् समुदायलाई सहयोगी सावित हुने क्षेत्रीय नीति अत्यावश्यक हुन्छ । हाल कायम रहेको हाम्रो स्वकेन्द्रित नीति, थोरै रकम उपलब्धताका कारण मृतप्रायः बनेको व्यापार सन्तुलन सहायता नीतिले कुनै पनि काम गरेको छैन । र, यसलाई यथाशक्य छिटो सुरक्षित अवतरणको उपाय अबलम्वन गरिनुपर्छ । ज्यादा प्रगति उन्मुख आयकर प्रणाली, रोजगारी सिर्जना गर्ने पूर्वाधार लगानीमा केन्द्रित र राजनीतिमा पैसाको खेललाई कम गर्ने सुधारजस्ता कदम आजको अवश्यकता हो । तर, धनी र ठालू व्यवसायीलाई सर्वप्रथम र सधैँ फाइदा पुग्ने कर प्रणालीको अवलम्बन गरेर ट्रम्प र रिपब्लिकनहरुले हामीलाई ठ्याक्कै उल्टो दिशातर्फ घिसारिरहेका छन् ।

ट्रम्पको अर्थमा आधारित राष्ट्रियताको समस्या भनेको व्यापारले राष्ट्रिय स्वार्थलाई मलजल गर्नुपर्छ भन्ने आसय पक्कै होइन । हामी अर्थशास्त्रीहरु जब व्यापारको सिद्धान्त अध्यापन गराउँछौं, तब स्वतन्त्र वा खुला व्यापार जसले देशको आर्थिक दायरा वृद्धिमा सहयोग गर्छ, त्यसलाई ज्यादा महङ्खव दिन्छौं । तर, हाम्रो विपरीत ट्रम्प देशको आर्थिक दायरा सङ्कुचन हुने नीति निर्माण र कार्यान्वयनमा तल्लीन छन् ।
अन्तर्राष्ट्रिय व्यापार न्यायसङ्गत बनाउन हामीले अन्य देशका पनि आआफ्नै नियम, मूल्य र मान्यता छन् भन्ने बुझ्नु अत्यावश्यक छ । वित्तीय क्षेत्र होस् वा बौद्धिक सम्पत्तिसम्बद्ध नियम, जुन अमेरिकाका लागि राम्रा वा नाराम्रा छन्, ती नियम अन्य देशको सम्बन्धमा ज्यादातर काम नलाग्ने नै सावित भएका छन् ।

ट्रम्प विशेष स्वार्थप्रेरित विश्वव्यापीकरणका समूहसँगको दूरी बढाउन असफल हुनु ज्यादा आश्चर्यको विषय रहेन । तर, यसले उनले आफू चर्चित हुन गरेका सबै काम झुटा सावित गरिदिएको छ । उनले श्रमिक र मध्यमस्तरको परिवारका लागि गरेका बाचा त पूरा हुने सङ्केत छैन नै, उनले आफ्नै चुनावी क्षेत्रका मतदाताहरुलाई दिन सक्ने बाचा पनि एकदमै न्यून छन् । उनले आफ्नो राष्ट्रपतीय चुनावी प्रतिस्पर्धाताका औंल्याएका समस्याहरु हल गर्नेभन्दा पनि त्यसलाई झनै जटिल बनाउँदै लैजानेछन् ।

द न्युयोर्क टाइम्सबाट अनौपचारिक अनुवाद