साइन रेसुङ्गाको लाभांश स्वीकृत

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव राष्ट्र बैङ्कमा पेस गरेको थियो ।

नेपाल राष्ट्र बैङ्कले साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको १७ प्रतिशत लाभांश स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव राष्ट्र बैङ्कमा पेस गरेको थियो ।

साइन रेसुङ्गाले १७ दशमलव ७० प्रतिशतका दरले २४ करोड ४० लाख ४९ हजार ८ सय ६० रुपैयाँ बोनस सेयर र शून्य दशमलव ९३ प्रतिशतका दरले हुने १ करोड २८ लाख ४४ हजार ७ सय २९ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) दिने प्रस्ताव पेस गरेको थियो ।

राष्ट्र बैङ्कले कम्पनीको प्रस्ताव बिहीबार स्वीकृत गरेको हो ।