महासङ्घको २० औं साधारण सभा एवम् ११ औं अधिवेशनबाट सिंह अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ४६६ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटम प्रतिस्पर्धी यक्षध्वज कार्कीले ३५३ मत ल्याएका थिए ।
नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । महासङ्घको २० औं साधारण सभा एवम् ११ औं अधिवेशनबाट सिंह अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ४६६ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटम प्रतिस्पर्धी यक्षध्वज कार्कीले ३५३ मत ल्याएका थिए । अन्य दुई प्रतिस्पर्धी रामशरण देउजाले ६६ र पुरुषोत्तम मानन्धरले ७ मत ल्याए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा निकोलश पाण्डे ४६५ मतका साथ विजयी भएका छन् भने उनका निकटम प्रतिस्पर्धी लक्ष्मणकुमार रानाले ४२८ मत ल्याएका छन् । विजयी पाण्डे सिंहकै प्यानलबाट उम्मेदवार बनेका थिए । उपाध्यक्षमा प्रदेश १ बाट धीरेन्द्र दाहाल, २ बाट सुरेन्द्रप्रसाद सिंह, ३ बाट पेम्बा लामा शेर्पा, ४ बाट राजेन्द्र पहाडी, ५ बाट टोपबहादुर रायमाझी, ६ बाट रत्नबहादुर खड्का र ७ बाट टेकबहादुर सेट्ठी विजयी भएका छन् ।
त्यस्तै एसोसिएट उपाध्यक्षमा आङ दोर्जी लामा, महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टङ्कप्रसाद चौलागाईं, आन्तरिक तर्फको उपमहासचिवमा नरहरि थपलिया विजयी भएका छन् । कोषाध्यक्षमा सिंह प्यानलकै हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सरस्वती कार्की निर्वाचित भएका छन् ।