कम्पनीले यस वर्षको दसैं तिहार र छठ पर्वलाई लक्ष्यगर्दै सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो ।
आईएमईले दशैंमा बीस लाख योजना सार्वजनिक गरेको छ । कम्पनीले यस वर्षको दसैं तिहार र छठ पर्वलाई लक्ष्यगर्दै सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो ।
यो योजना असोज ७ गतेदेखि मङ्सिरसम्म लागू हुने छ । यस्तै योजना अवधिमा विदेश तथा स्वदेशबाट आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् ।
योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आईएमईको सफ्टवेयर पद्धतिमा लिङ्क गरी ‘लक्की ड्र’बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’मार्फत् एक हजारको बिल भुक्तानी, हरेक हप्ता एक जना भाग्यशाली सेवाग्राहीलाई १० हजार रुपैयाँ नगद, हरेक महिना एक जना भाग्यशाली सेवाग्राहीलाई एक लाख रुपैयाँ तथा बम्परमा एक जनालाई २० लाख रुपैयाँ दिइने कमपनीले जनाएको छ ।