आईएमई र भरोसा अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

सुविधा लिन आईएमईले प्रदान गरेको प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनु पर्नेछ । सम्झौतापत्रमा आईएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालका तर्फबाट प्रशासन अधिकृत सूर्य आचार्यले हस्ताक्षर गरेका छन् ।

र्आइएमई लिमिटेड र भरोसा अस्पतालबीच गत सोमबार सम्झौता भएको छ । सम्झौताअनुसार आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन् । यो सुविधा अस्पतालभित्रका सेवामा मात्र लागू हुनेछ ।

यो सुविधा लिन आईएमईले प्रदान गरेको प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनु पर्नेछ । सम्झौतापत्रमा आईएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालका तर्फबाट प्रशासन अधिकृत सूर्य आचार्यले हस्ताक्षर गरेका छन् । यो सम्झौता यही असोज ०५ गतेदेखि दुई वर्षसम्मका लागि लागू हुनेछ ।

आईएमईसँग आबद्ध सेवाग्राहीलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आइएको आईएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध कम्पनीले सेवा शुभारम्भको १८औं वर्षसम्म नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ८१ आईएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सब–एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले दःुखगरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।