नेपालको पुनर्निर्माणसम्बन्धी भावी कार्ययोजना र अमेरिकाले गर्न सक्ने सहयोगका विषयमा राष्ट्रसङ्घमा छलफल हुनेछ ।
नेपालको पुनर्निर्माणसम्बन्धी छलफल गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली आगामी शुक्रबार अमेरिका जाँदैछन् । नेपालको पुनर्निर्माणसम्बन्धी भावी कार्ययोजना र अमेरिकाले गर्न सक्ने सहयोगका विषयमा राष्ट्रसङ्घमा छलफल हुनेछ ।
अहिलेसम्म पुनर्निर्माणको प्रगति र पुनर्निर्माणका लागि वित्तीय व्यवस्थापन गर्नेबारे छलफल हुने भएको छ । सयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन र विश्व बैङ्कले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ज्ञवालीले विश्व बैङ्क र राष्ट्रसङ्घका उच्च अधिकारीसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।