लालबकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएपनि रौनियार उपस्थित नभएपछि अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।
पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । जिल्ला अदालत रौतहटले रौनियारलाई पक्राउन गर्न पूर्जी जारी गरेको हो ।
लालबकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएपनि रौनियार उपस्थित नभएपछि अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।
गत भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । निर्माणधीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।
निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर भएको थियो ।पप्पुले देशका विभिन्न क्षेत्रमा पुल, सडक लगायत अन्य संरचना बनाउन ठेक्का लिएपनि धेरै जसो संरचना अलपत्र छाड्ने गरेको छ ।
पप्पुले पुलमात्रै ५ अर्ब रुपैयाँ भन्दा बढिको ठेक्का लिएको छ । अधिकांश पुल तथा सडक ठेक्का लिने अलपत्र छाड्ने, कमसल सामग्री प्रयोग गर्ने र कमजोर संरचना निर्माण गर्दै आएपछि पप्पुमाथि चौतर्फी आलोचना हुन थालेको छ ।