नेकपाका सांसद खतिवडाको प्रश्न– डीपीआर नबनाई किन रुख काट्न हतार ?

बुधवार प्रतिनिधि सभामा विषेश समय लिएर बोल्दै सांसद खतिवडाले विमानस्थलको लगानी कति, कस्को सहयोगमा बन्ने तथा कति ओटा रन वे बनाउने भन्ने विषय नै टुङ्गो नलगाई रुख काटेर बेच्न लागेको भन्दै त्यसको चर्को विरोध गरेका हुन् ।

नेकपाका सांसद विरोध खतिवडाले निजगड अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर नै तयार नगरी रुख काट्न हतार गरेकोप्रति आपत्ति जनाएका छन् । बुधवार प्रतिनिधि सभामा विषेश समय लिएर बोल्दै सांसद खतिवडाले विमानस्थलको लगानी कति, कस्को सहयोगमा बन्ने तथा कति ओटा रन वे बनाउने भन्ने विषय नै टुङ्गो नलगाई रुख काटेर बेच्न लागेको भन्दै त्यसको चर्को विरोध गरेका हुन् ।

‘डीपीआर बनाएर सबै निकायसँग सहमति गरेर आउनुस्, म दुई महिनाभित्र त्यहाँका रुख सबै हटाइदिन्छु,’ सांसद खतिवडाले भने, ‘तर अहिले रुख काट्न खोजे त्यो हत्यारा साबित हुनेछ ।‘ मेलम्ची आयोजना निर्माण गर्न विभिन्न निकायबाट सहयोग जुटाएको भन्दै निजगड विमानस्थलको पनि पहिला लगानीकर्ताको टुङ्गो लगाउन सरकारसँग माग गरेका छन् ।

‘लाज भन्ने कुरा हुँदैन अलिकति ?, शरम भन्ने कुरा हुँदैन ?’ आक्रोशित हुँदै खतिवडाले भने, ‘दिन दहाडै डाँकागिरी ?’