क्यापिटल मर्चेन्टमा नयाँ लगानीकर्ताको प्रवेशसँगै सञ्चालक समिति गठन

२०७४ पुसमा फाइनान्सको ९३ करोड ५० लाख ६९ हजार रुपैयाँ चुक्ता पुँजी छ । नयाँ समूहले फाइनान्सको ६४ प्रतिशत हिस्सा सेयर खरिद गर्ने बताइएको छ । २०७४ पुससम्म फाइनान्सको ८३ करोड ४० लाख निक्षेप दायित्व र १ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ ऋण बाँकी छ । राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गर्नुअघि कम्पनीको निक्षेप २ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ तथा ऋण ३ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

क्यापिटल मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्सको अध्यक्षमा चिरञ्जीवि थापा नियुक्त भएका छन् । साढे ५ वर्ष अघि समस्याग्रस्त सूचीमा रहेको फाइनान्सको अधिक सेयर हिस्सा नयाँ समूहले गरिद गरेपछि गैरआवासिय नेपाली थापा अध्यक्ष चयन भएका हुन् । थापा हाल जापानमा स्थाई रुपमा वसोबास गर्दै आएका छन् ।

उनलाई अध्यक्ष पदमा नेपाल राष्ट्र बैङ्कका बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण पौडेलले बिहीबार अध्यक्षको सपथ गराएका छन् ।

त्यसैगरी, थापाको अध्यक्षतामा निरन्जनसिंह बस्नेत, भुपेन्द्रबहादुर बस्नेत, जगतराज खनाल र स्वतन्त्र सञ्चालकको रुपमा कैलाशभक्त कारङ्जित रहेको सञ्चालक समिति बनेको छ । सञ्चालकहरुले पनि बिहीबार सपथ लिएका छन् ।

नेपाल राष्ट्र बैङ्कले २०६९ माघ ९ गते क्यापिटललाई समस्याग्रस्त घोषणा गरेको थियो । खासगरि त्यसका तत्कालिन प्रमुख कार्यकारी अधिकृत पवन कार्कीलगायतको समूहले संस्थालाई धरासायी बनाए पछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरि ऋण उठाएर निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न संस्थालाई निर्देशन दिएको थियो ।

क्यापिटल मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत रवीन्द्र खनालले चुनौतिका श्रपमा पुरानो ऋण रहेको बताए । ‘अन्य व्यवसाय जस्तो होइन बैङ्किङ, लगानी गर्ने वित्तिकै प्रतिफल आउँदैन’ उनले भने, ‘वित्तीय संस्थाका लागि संस्थागत सुशासन र नियमित क्रियाशिलताले संस्थालाई नयाँ उचाईमा पु¥याउँछ ।’ उनका अनुसार पाँच महिनाभित्र सबै बार्षिक साधारण सभा गर्ने कार्यक्रम छ ।

थापासहित प्रतिष्ठित उद्यमी÷व्यवसायी प्रवलजङ्ग पान्डे समूहले हिस्सा सेयर खरिद गरेपछि नयाँ समूहले संस्था सञ्चालन गर्ने भएको हो । पुराना संस्थापक सेयरधनीसँग कुरा मिलेपछि मङ्गलबार मात्रै प्रतिकित्ता २२ रुपैयाँका दरले ५८ लाख  ४२ हजार कित्ता सेयर खरिद गरेका थिए ।

२०७४ पुसमा फाइनान्सको ९३ करोड ५० लाख ६९ हजार रुपैयाँ चुक्ता पुँजी छ । नयाँ समूहले फाइनान्सको ६६ प्रतिशत हिस्सा सेयर खरिद गर्ने बताइएको छ । २०७४ पुससम्म फाइनान्सको ८३ करोड ४० लाख निक्षेप दायित्व र १ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ ऋण बाँकी छ । राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गर्नुअघि कम्पनीको निक्षेप २ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ तथा ऋण ३ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।