गरिमा विकास बैङ्कको मूल्य प्रतिकित्ता १ सय ८७ रुपैयाँ दशमलव २७ रुपैयाँमा समायोजन भएको छ । बैङ्कले १० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछि कम्पनीको सेयर कारोबार प्रतिकित्ता १ सय ८७ रुपैयाँमा खुल्नेछ ।
मूल्य समायोजन हुनुभन्दा पहिला बैङ्कको सेयर मूल्य प्रतिकित्ता २ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो । कम्पनीको आधारमूल्य २ सय १८ दशमलव १४ रुपैयाँ रहेको छ ।